मुर्शिदाबादमा बस हड़तालको असर, कोलकाता र सिलगढ़ीसित सड़क सम्पर्क टुट्यो

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः सोमवार मुर्शिदाबादमा प्राइवेट बसहरूको हड़तालको व्यापक असर देख्न पाइएको छ। पूरा क्षेत्रमा पब्लिक ट्रान्सपोर्ट बन्द भएपछि बंगालका दुई प्रमुख शहरहरू राजधानी कोलकाता र उत्तर बंगालको सिलगढ़ीको सम्पर्क एक अर्कादेखि घण्टौंसम्म टुट्यो। यसले गर्दा यात्रीहरूलाई भारी समस्या भएको छ। यी दुवै शहरबीच आवाजाही गर्ने मानिसहरूलाई भारी भाड़ा दिएर प्राइवेट कारहरूमा यात्रा गर्न परेको छ।

मुर्शिदाबाद निजी बस परिवहन कम्पनीद्वारा डाकिएको २४ घण्टाको हड़तालको कारण कोलकाता, बीरभूम, नदिया, बर्दवानका साथै उत्तर बंगालका जिल्लाहरूको सड़क परिवहन व्यवस्था लगभग ठप्प भयो। मुर्शिदाबाद बस ओनर्स एसोसिएशऩले जानकारी गराएको छ, सोमवार बिहान छह बजीदेखि मंगलवार बिहान छह बजीसम्म जिल्लामा बसहरू चल्नेछैन। उसले यो फसेला गत शुक्रवार एक बैठकमा लिएको थियो।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *