कालचिनीः आगामी २९ नोभेम्बरको दिन कलकत्तामा हुन गईरहेको भाजपाको महाप्रतिवाद ऱ्यालीमा अंशग्रहण गर्न डुवर्सको अलिपुरद्वार हेमिल्टनगञ्ज, जयगाउँ, र हाँसीमारा क्षेत्रबाट सोमबार प्रायः २०० भन्दा अधिक भाजपा समर्थक, कार्यकर्ता र नेताहरू अलिपुरद्वार जंक्सन र न्यू हाँसीमारा रेल स्टेशनबाट कलकत्ता प्रस्थान गरे।
न्यू हाँसीमारा रेल स्टेशन र हेमिल्टनगञ्जबाट कलकत्ता प्रस्थान गर्ने भाजपा कालचिनी मन्डल सभापति उत्तम लामा र जयगाउँ मन्डल सभापति राजेश छेत्रीले बंगाल सरकारले बंगालको जनताको अधिकारहरू हनन गरेको र केन्द्रको कतिपय केन्द्रिय योजनाहरूबाट जनतालाई तृणमूल सरकारले वञ्चित गरेको प्रतिवादमा यो महाप्रतिवाद ऱ्याली हुन गईरहेको जनाएका छन्।










