अपडेटः ट्रेनले हिर्काउँदा तीन हात्ती मरे

22fea9d2-222d-4893-bcf1-72696822028c-1-300x138-1

कोलकाताः पश्चिम बंगालको उत्तरी हिस्सामा ट्रेनको चपेटमा पर्दा शावक समेत तीन हात्ती मारिए। घटना सोमवार बिहान अलिपुरद्वारको राजाभातखावामा घटेको हो। स्थानीय सूत्रहरू अनुसार, सिलगढ़ी गइरहेको मालगाड़ीको चपेटमा परेर हात्तीहरू मारिए।

वन विभागको सूत्रहरू अनुसार, सोमवार बिहान लगभग ७.२० बजी एउटा मालगाड़ी राजाभटकावर शिखरी गेट क्षेत्र भएर सिलगढ़ीतिर आइरहेको थियो। तब रेलवे लाइन नाघ्दै गरेको समय ट्रेनको चपेटमा परेर तीन हात्तीको घटनास्थलमै मृत्यु भयो। हात्तीको मृत्युको खबर फैलिनसाथ रेलवे र वन विभागका अधिकारी घटनास्थलमा पुगे। यस घटनाको कारण त्यस लाइनमा ट्रेनहरूको आवाजाही रोकियो। ट्रेनको चपेटमा पर्दा हात्तीहरूको मृत्युलाई लिएर वन विभाग चिन्तित छ।

यस घटनाबारे अलिपुरद्वार डीआरएम अमरजीत गौतमले भने, ट्रेन चालक जो ड्यूटीमा थियो, उसको मेडिकल जाँच भइरहेछ। चालक नशामा थियो वा थिएन, यो हेर्नपर्नेछ। यस लाइनमा तीन घण्टाभन्दा अधिक समयसम्म ट्रेनहरूको आवाजाही बन्द रह्यो। आजको घटना धेरै दुःखद छ। मामिलाको जाँच जारी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *