खेजुरीमा भाजपाको बन्दको व्यापक असर

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पूर्व मेदिनीपुर जिल्लाको खेजुरीबाट भाजपा नेता रबीन मन्नाको गिरफ्तारीको विरोधमा पार्टीको बन्दको व्यापक असर देख्न पाइएको छ। पार्टीले सोमवार १२ घण्टाको बन्दको आह्वान गरेको थियो, जसलाई सफल गर्न कार्यकर्ताहरूले बिहानैदेखि ट्रेनहरूलाई रोके, सड़कहरूमा टायर बाल्न थाले औं रूखहरूको शाखाहरू हालेर गाड़ीहरूको आवाजाही बन्द गरे। पूरा क्षेत्रमा बजार दोकान लगभग बन्द रहेको छ। पार्टीको भनाई छ, पुलिसको अति सक्रियता विरूद्ध

मानिसहरूले आफै बन्दलाई सफल बनाएका छन्। अर्कोतिर, तृणमूलको दाबी छ, भाजपाले बलपूर्वक बन्द गराइरहेछ। सत्ताधारी पार्टीको दाबी छ, यस हड़तालले क्षेत्रमा आतङ्कको माहोल बनाएको छ। खेजुरी थाना पुलिसले शनिवार दिउँसो खेजुरीको बांसगोड़ा बजारमा भाजपाको कार्यक्रम शुरू हुनअघि पार्टीको मण्डल सचिव रबीनलाई पक्राउ गरेको थियो। पार्टी नेता पक्रा परेको खबर सुनेपछि स्थानीय विधायक शान्तनु प्रमाणिक र धेरै भाजपा नेता खेजुरी थाना र हेरया जाँच केन्द्र पुगे। यद्यपि, दुवै थानामा पक्रा परेका नेताबारे कुनै जानकारी दिइएन।

यसपछि रबीनलाई मारिशदा थानामा राखिएको थाहा लाग्यो। शनिवार राति लगभघ १०.३० बजी विपक्षका नेता शुभेन्दु अधिकारी मारिशदा पुलिस स्टेशन गए। उनी सीधा थानाभित्र गए औं ड्यूटीमा तैनात पुलिस अधिकारीबाट पक्रा परेका पार्टी कार्यकर्ताको गिरफ्तारी मेमो हेर्न चाहे।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *