पुरै उत्तर बङ्गाल वञ्चितको क्षेत्र हो, अविकसित छ, त्यसैले पृथकतावादी आवाज बारम्बार उठ्छ: अधीर रञ्जन चौधरी

098e1c5a-3bec-4bfe-b888-89f8fca07704

सिलगढी: सम्पूर्ण उत्तर बंगाल एक वञ्चित क्षेत्र हो र अविकसित छ। त्यही कारणले पृथकतावादी आवाज बारम्बार उठ्ने गरेको छ। कांग्रेस प्रदेश सभापति अधीर रञ्जन चौधरीले भनेका छन्। उनले पृथकतावादको आवाज उठाउनुको मुख्य कारण आर्थिक र सामाजिक पछौटेपन रहेको बताए। प्रदेश र केन्द्र सरकारले उत्तर बंगालका जनतालाई धोका दिइरहेको छ। उनीहरूको समस्याको समाधान कसैले गर्दैन। सोमबार सार्वजनिक निर्माण विभागको बंगलामा पत्रकारहरूसँगको भेटमा कांग्रेस प्रदेश सभापति एवं सांसद अधीर रञ्जन चौधरीले सो कुरा बताएका हुन्। यस दिन पनि उनी कोचेनको मुद्दामा महुआ मित्रको साथमा उभिए। उनले महुआ मित्रलाई हटाउन केन्द्र सरकारले हिंसाको राजनीति गरिरहेको स्पष्ट पारे। उनले उत्तरकाशीको सुरुङमा फसेका मजदुरको विषयमा सरकारले लापरवाही गरेको आरोप समेत लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement