खरसाङको दुधेमा एकजना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिएको घटनालाई लिएर सुकना खण्ड स्वास्थ्य केन्द्र अघि स्वास्थ्यकर्मीहरूद्वारा विरोध प्रदर्शन

IMG-20220721-WA0149.jpg

खरसाङ: सुकना खण्ड स्वास्थ्य केन्द्र अधीनस्थ रहेको दुधे सुस्वस्थ्य केन्द्रमा एकजना स्वास्थ्यकर्मी एएनएममाथि एकजनाले दुर्व्यवहार गरिएको घटनालाई लिएर आज सुकना खण्ड स्वास्थ्य केन्द्र अघि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। सुकना खण्ड स्वास्थ्य केन्द्रको अधीनस्थ रहेको सबै स्वास्थ्यकर्मीहरू, एएनएम, फस्ट एएनएम, सेकेण्ड एएनएम, आशाकर्मीहरू सबैले आरोपीलाई पक्राउ गरेर सजाय दिनु पर्ने र स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नु पर्ने मांगमा विरोध प्रदर्शन गरेका छन्।

स्वास्थ्यकर्मीहरूले सुकना खण्ड स्वास्थ्य केन्द्रको अघि विरोध प्रदर्शन गर्दै नाराहरू लगाएका थिए। सुकना खण्ड स्वास्थ्य केन्द्र अधीनस्थ दुधेको सुस्वस्थ्य केन्द्रमा गक १९ जुलाईको दिन एकजना व्यक्तिले त्यहाँ कार्यरत् एकजना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाको विरोधमा गाड़ीधुरा पुलिस आउट पोष्टमा आरोपी विरूध्दमा एफआईआर गरिएको र सुकना खण्ड स्वास्थ्य अधिकारीलाई पनि ज्ञापन दिएको जानकारी प्राप्त भएको छ। विरोध प्रदर्शनमा आरोपीलाई पक्राउ गरेर सजाय दिनु पर्ने र भविष्यमा पुन: यस्तो घटना नहोस् भनेर स्वास्थ्य कार्यक्रमको लागि सुरक्षा व्यवस्था गरिदिनु पर्ने मांग पनि गरेका छन्।

प्राप्त जानकारी अनुसार दुधे सुस्वस्थ्य केन्द्रमा गत १९ जुलाईको दिन भएको भ्याक्सिनेशनको कार्यक्रममा स्थानीय एकजनाले स्वास्थ्यकर्मीमाथि अमानवीय रुपमा दुर्व्यवहार गरेको आरोप छ। त्यसैको विरोधमा विरोध प्रदर्शन गरिएको छ। यस विषयमा दुधे सुस्वस्थ्य केन्द्रकी स्वास्थ्यकर्मी एएनएम प्रमिला छेत्री र ईएचओ मनिषा शंकरले पत्रकारहरूलाई घटनाको विस्तृत जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार उक्त घटनाको विरोधमा लिखित रूपमा गाड़ीधुरा पुलिस आउट पोष्टमा एफआईआर गरेको बताएकी छन्। घटनाको २४ घण्टा बितेर गएपनि कुनै कार्वाही नभएपछि हामीले आज सुकना खण्ड स्वास्थ्य केन्द्र अघि विरोध प्रदर्शन गरेको र अहिले पुलिसले आरोपीलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको पनि बताएका छन्। त्यसरी नै आजको विरोध प्रदर्शन र घटनाको विषयमा एएनएमद्वय प्रिति छेत्री र सरोजनी देवानले पत्रकारहरूसित कुराकानी गर्दै दुधिया सुस्वस्थ्य केन्द्रमा भएको घटनाको घोर विरोध र भर्त्सना गर्दै अनि आरेपीलाई पक्राउ गरी कड़ा सजाय दिनु पर्ने मांगमा हामीले यहाँ धरणा प्रदर्शन गरेको बताइन्। दुवैले बताए अनुसार यसरी स्वस्थ्यकर्मीमाथि भएको अमानवीय व्यवहारको हामी घोर विरोध गर्दछौं भन्दै कोविडको समयमा हामीले घर घर गएर काम गरेको, महामारीलाई नहेरी जनसाधारणको स्वास्थ्यको लागि खटेको बताएकी छन्। हाम्रो कार्य हेरेर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हामीलाई प्रशंसा पत्र पनि प्रदान गरेका थिए तर अहिले यहाँ हामी सदैव जनताको सेवामा लागिरहेको समय पनि हाम्रो सेवाको कदर त होइन अझ हामीमाथि यसरी दुर्व्यवहार हुने गरेकोमा घोर विरोध तथा भर्त्सना गरेको र आरोपीलाई झट्टै पक्राउ गरेर सजाय दिनु पर्ने मांग गरेका छन्। यस घटना र विरोध प्रदर्शन विषयमा सुकना खण्ड स्वास्थ्य केन्द्रको पब्लिक हेल्थ नर्स (पीएचएन) नानुका लामा गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै गत १९ जुलाईको दिन भएको उक्त घटनाको दिन नै जानकारी पाएर हाम्रो खण्ड स्वास्थ्य अधिकारीसहित हामी सबै गएर जानकारी लिएको अनि उक्त क्षेत्रका स्वस्थ्यकर्मीहरूले खण्ड स्वास्थ्य अधिकारीलाई लिखित रूपमा कप्लेन दिएपछि गाड़ीधुरा पुलिस आउट पोष्टमा गएर लिखित रुपमा एफआईआर दर्ता गरिएको बताएकी छन्। उनले स्वास्थ्यकर्मीहरूको पक्षमा हाम्रो खण्ड स्वास्थ्य अधिकारीद्वारा जिल्लाको सीएमओएच, डीएम र अन्यलाई जानकारी गराउने बताएकी छन्।
अर्कोतिर दुधे सुस्वस्थ्य केन्द्रमा घटेको उक्त घटनामा पुलिस प्रशासनद्वारा एकजनालाई पक्राउ गरेर खरसाङ कोर्ट चलान गरिएको गाड़ीधुरा पुलिस आउट पोष्टबाट जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement