सोनादा: ग्रामीण पर्यटनलाई प्रोत्साहन र बढवा दिनलाई सोनादाको नाली चउर नजिक पचास बिघा बस्तीमा भगवान् बुध्दको प्रतिमा स्थापना स्थापना गरिएकोलछ। नाली चउरको पचास बिघा बस्तीमा भगवान् बुध्दक प्रतिमा बौध्द धर्मक रीति अनुसार विधिवत् रूपमा पूजा अर्चना गरेर स्थापना गरिएको छ। उक्त बुध्दको प्रतिमा नाली चउरको पचास बिघा बस्ती निवासी मदवाङ तामाङ अनि उनको परिवारले निर्माण गरेका छन्। यस क्षेत्रमा पर्यटन व्यवसायअझ अझ फस्टाएर जायोस् भनेर उक्त परिवारले भगवान बुध्दको मूर्ति स्थापना गरेको बताइएको छ। विशेष पचास बिघाको सात नम्बर डाँड़ाको प्राकृतिक मनोरम दृश्यहरू अवलोकन गर्नलाई देश विदेशबाट पर्यटकहरू आउने गरेकोले यस क्षेत्रमा पनि ग्रामीण पर्यटनलाई अझ सहायता पुगोस् भनेर यस ठाउँमा भगवान् बुध्दको विशाल मूर्ति बनाएर स्थापना गरिएको बताएका छन्। उक्त बुध्दको मूर्ति स्थापना गर्ने मादवाङ तामाङले पत्रकारहरूसित कुराकानी गर्दै भने, यो मूर्ति मैले भाग्यले गर्दा बिजनबारीबाट पाएँ अनि काम गर्नेहरू लगाएर सबै गाउँवासीको लागि यहाँ स्थापना गरेको छु। यो मेरो मात्र होइन तर सबैको लागि हो।’ उनले यस क्षेत्रमा धेरै पर्यटकहरू घुम्न आउँछन् र ग्रामीण पर्यटनलाई प्रोत्साहन होस् भनेर भगवान् बुध्दको मूर्ति स्थापना गरेको बताउँदै सबैको भलाई होस् र राम्रो विचार आयोस् भनी मूर्ति स्थापना गरेको बताएका छन्। त्यसरी नै भगवान् बुध्दको मूर्ति स्थापना गर्नलाई डिजाइन गर्ने कारीगर सहदेव गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै यहाँ स्थापित भगवान् बुध्दको मूर्ति स्थापना गर्नलाई डिजाइन गर्ने मौका पाएकोमा खुशी लागेको बताए। उनले य कार्य पूरा गर्नलाई २-३ महिना लाग्यो भन्दै यो मूर्ति स्थापना भएपछि यो क्षेत्रको लागि सुनमा सुगन्ध थपिएको साथै यहाँ घुम्न आउने पर्यटकहरूका लागि पनि राम्रो भएको बताए।










