डीबी चौहानलाई मुख्य प्रवक्ताको अतिरिक्त भार

61c5b85580437b97a36aa1d28e4a83c9.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका कार्यकारी अध्यक्ष (सङ्घठन) डीबी चौहानलाई मुख्य प्रवक्ताको अतिरिक्त भार सुम्पिएको छ। उक्त जानकारी पार्टीका कार्यकारी अध्यक्ष (प्रशासन) लाक्पा शेर्पाले आज जारी प्रेस विज्ञप्तिमा दिएका छन्।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिटिजन एक्सन पार्टी- सिक्किमको संविधानको धारा ३० (ए) (भी) लाई प्रयोग गर्दै तुरुन्तै लागू हुनेगरी पार्टीका कार्यकारी अध्यक्ष (सङ्घठन) श्री डीबी चौहानलाई मुख्य प्रवक्ताको अतिरिक्त भार सुप्पिएको छ। उहाँको नयाँ जिम्मेवारीको सफलताको निम्ति सिटिजन एक्सन पार्टी- सिक्किम हार्दिक शुभकामना व्यक्त गर्दछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement