सिलगढी: मटिगढा थानाको ह्वाइट कॉलर पुलिसले फेरि एक पटक ठूलो सफलता हात पारेको छ। मंसिर २३ गते शालबारी कोलरिया जोत क्षेत्रको एक घरमा चोरी भएको बताइएको छ। समाचार स्रोतका अनुसार घरभित्र राखिएका दुईवटा ट्याब र खुक्रीलगायत घरका सबै सामान चोरी भएको छ। यस घटनाको अनुसन्धानपछि मटिगढा पुलिस थानाको सादा पोशाक पुलिसले आइतबार पानीटङ्की क्षेत्रबाट दुई जनालाई पक्राउ गरी चोरी भएका सबै सामान बरामद गरेको छ। पक्राउ पर्नेमा मिरिकका अमल तामाङ र पानीटङ्कीका टिंकु छेत्री रहेका छन्।

सादा पोसाकमा रहेको मटिगढा पुलिसले घटनामा अरु कोही संलग्न छ वा छैन भनेर अनुसन्धान सुरु गरेको छ। सोमबार पक्राउ परेका दुवैलाई सिलगढी डिभिजन अदालतमा पठाइएको छ।










