एसडी नेगीको निधनमा चामलिङद्वारा दुःख एवं शोक प्रकट

n560231154170109331428864e6da7ef7a186f8f19e47e7cb89c50be9b42573f015f2432109d6acb87fc922.jpg

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सिक्किमका प्रतिष्ठित पुलिस अधिकारी स्वर्गीय एसडी नेगीको असामयिक निधनमा गहिरो दुःखका साथ शोक व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्ष चामलिङले आज जारी आफ्नो सन्देशमा स्व. नेगीसॅंग उनको प्रारम्भिक भेटले नै उनमा दिगो छाप छोडेको बताएका छन्। उनी नाम्चीको विधायक छॅंदा स्व. नेगी नाम्ची जिल्लाको एसडीपीओको रूपमा कार्यरत थिए।

चामलिङले भनेका छन्, ‘स्व. एसडी नेगीलाई चिनेपछि उहाँको अनुशासन, इमानदारी र कामप्रतिको इमानदार समर्पणबाट म प्रभावित भएँ। सबै भन्दा माथि उहाँ एक असल मान्छे हुनुहुन्थ्यो। उनको उल्लेखनीय यात्राले उनलाई सेवानिवृत्त हुनु अघि पुलिस महानिदेशक (डीजीपी) को रूपमा आफ्नो क्यारियरको शिखरमा पुऱ्यायो।’

एसडीएफ अध्यक्षले उहाँको समर्पित सेवामा, सिक्किमले एक नेता मात्र नभएर बहुमूल्य सम्पत्ति गुमाएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले यस दुःखको घडीमा उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। सिक्किमको लागि उहाँको योगदानलाई कृतज्ञताका साथ स्मरण रहोस् भन्दै उनले स्व. नेगीको आत्मशान्तिको निम्ति कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement