एउटा वाहन टिस्टा नदीमा झर्यो

Capture7.png

टिस्टा: मल्लीको एउटा निजी वाहन राष्ट्रिय राजमार्ग १० अन्तर्गत लिखेभीर छेउमा सडकबाट सोझै टिस्टा नदीमा झर्दा वाहनमा सवार २ जना व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आइतबार राति राष्ट्रिय राजमार्ग १० अन्तर्गत लिखेभीरमा वेगेनार वाहन (डब्ल्यु बि ७९ ए ३९२४) अनियन्त्रित भएर सोझै टिस्टा नदीमा झऱ्यो। आज बिहान कालेबुङ पुलिसको उपस्थितिमा टिस्टा नदीको दुर्घटनास्थलबाट राफ्टिङको सहयोगमा दुई जनाको लाश गाडीभित्रबाट निकालिइयो। यसको साथै क्रेनको सहयोगमा यस दुर्घटनाग्रस्त वाहनलाई पनि नदीबाट निकाल्यो। यस वाहन दुर्घटनामा प्राण गुमाउनेहरू मल्ली निवासी विशाल छेत्री र सिक्किम गेजिङका थुपदेन भोटियाको रूपमा चिन्हित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement