सोनिया गान्धीलाई ईडीद्वारा सोधपुछ: कांग्रेस कार्यकर्ताहरुद्वारा देशभर विरोध प्रदर्शन    

Sonia-Gandhi-1

नयाँ दिल्ली। कांग्रेस अध्यक्ष सोनिया गान्धी बिहीबार नेशनल हेराल्ड मनी लन्ड्रिङ मामिलामा प्रवर्तन निदेशालय (ईडी) सामू पेश भईन्। त्यही, यस सोधपुछलाई गैरकानूनी बताउँदै कांग्रेस नेता र कार्यकर्ताहरूले दिल्लीसहित पूरा देशभरि प्रदर्शन गरिरहेका छन्। कांग्रेस सांसदहरूले बिहान संसद भवनमा पनि ईडीको यस कदमको विरोध जनाउँदै जुलुस निकाले। आज बिहान राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले कांग्रेस मुख्यालयमा मीडियासित कुराकानी गर्दै ईडीको यस सोधपुछलाई गैरकानूनी ठहर गरे। कांग्रेसका वरिष्ठ नेता सलमान खुर्शीदले यस मुद्दामा प्रतिक्रिया दिँदै ईडीको यस कदमले कांग्रेस कार्यकर्ताहरूका साथै देशका आमजनता पनि आहत छ भने।

आज बिहानैदेखि कांग्रेस नेताहरूले यस मुद्दालाई लिएर संसददेखि सड़कसम्म प्रदर्शन गरिरहेका छन्। कांग्रेस सांसद शशि थरूरले सोनिया गान्धीसित ईडीको केरकारलाई अन्याय ठहर गरे। ‘अन्यायको राजनीति हुनुहुँदैन,’ उनले भने। उल्लेख्य, प्रवर्तन निदेशालयले नेशनल हेराल्ड केसमा धनशोधन मामिलामा सोधपुछको निम्ति आज सोनिया गान्धीलाई ईडी अफिसमा बोलाएको छ। यसअघि ईडीले कांग्रेस नेता राहुल गान्धीसित पनि लगभग ५०  घण्टासम्म सोधपुछ गरिसकेको छ। यस सोधपुछलाई कांग्रेसले गैरकानूनी बताउँदै दिल्लीसहित पूरा देशमा प्रदर्शन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement