मालदाः कोही कलेज, विश्वविद्यालयका विद्यार्थी, कोही शिक्षक र कोही गृहिणी छन्। सबैको संयुक्त प्रयासमा दिदीबहिनीको दीर्घायुको कामना गर्न मालदामा बोनाफोन्टा आयोजना गरिएको थियो। राज्यमा पहिलो पटक यस्तो कार्यक्रम मालदामा सुरु भएको थियो। अङ्ग्रेजीबजार शहरको नजरुल मेमोरियल इलाकामा रहेको मालदाका आंगन नामक बगैंचामा सोमबार यो कार्यक्रम मनाइएको हो। जहाँ यो कार्यक्रममा महिलाहरूको मात्र सहभागिता रहेको थियो। दिदीबहिनीको कल्याणको कामना गर्दै एक अर्कालाई तिलक लगाउने कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ५० भन्दा बढी कलेज, विश्वविद्यालयका विद्यार्थी, सरकारी कर्मचारी महिला तथा गृहिणीहरूको सहभागिता रहेको थियो। यस बहिनी फोटाको पर्व टाउकोमा फूल, धान, दुर्वा छर्केर, घण्टी र शंख बजाएर मनाइन्छ। तर एकअर्काको मुख मिठास गराउनुका साथै दिदीबहिनीले एकअर्कालाई स–साना उपहार दिएर पनि सम्मान गर्छन्।










