सिलगढी: फंसिदवा ब्लकको सदरगाछका एक व्यक्तिको झुण्डिएको लाश फेला परेको घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। मृत्यु हुनेको नाम दामु मुण्डा (३५) हो। उनी सोही क्षेत्रका बासिन्दा हुन्। सो दिन स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेको बताइएको छ। यो देखेर स्थानीयवासीले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र विधाननगर पुर्याए जहाँ ड्युटीमा रहेका चिकित्सकले मृत घोषणा गरेका थिए। यसबारे जानकारी पाएलगत्तै विधाननगर थानाबाट पुलिस घटनास्थल पुगेको थियो। त्यसपछि पुलिसले लाशलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो।









