काठमाडौं: मिस अर्थ सौन्दर्य प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा सहभागी हुन मिस नेपाल अर्थ रेना मजगैयाँ भियनामतर्फ प्रस्थान गरेकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारीले बिदाइ गरे। त्यतसर्फ जानुअघि रेनाले अन्तर्राष्ट्रिय प्लेटफर्मममा जान लागेकोमा आफू उत्साहित रहेको बताइन्। ‘म यो साहसिक यात्रा सुरु गर्न जाँदैछु। सद्भाव र उत्साहपूर्ण महसुस गरेकी छु। तपाईंको मद्दत मेरा लागि संसारजस्तै फराकिलो हुनेछ,’ उनले भनिन्, ‘हाम्रो देशको आत्मालाई बोकेर प्रतिस्पर्धा गर्न जाँदैछु। फिनालेसम्म मलाई सहयोग गर्नुहोला।’ नेपालको हिमालय पग्लिएकोसहित बाढीपहिरोजस्ता जलवायु संकटको मुद्दा आफूले मिस अर्थमा पेश गर्ने उनले बताएकी छन्। मिस अर्थको २३ औं संस्करण आगामी पुस ६ गते भियतनामको हो चि मिन्ह सहरमा हुँदैछ।










