नमस्ते खरसाङद्वारा गायक-संगीतकार, गीतकारहरू र म्युजिकल ब्याण्डहरूलाई सम्बर्ध्दना

IMG-20231127-WA0212.jpg

खरसाङ: नमस्ते खरसाङ च्यानलको आयोजनामा सम्पन्न नमस्ते आईडल सिजन एकको ग्राण्ड फिनालेमा विभिन्न गायक- संगीतकारहरू, गीतकारहरू, सांगीतिक टोलीहरू, संघ संस्थाहरू र व्यक्ति विशेषलाई पनि सम्बर्ध्दना जनाइएको छ। यस सम्बर्ध्दना कार्यक्रमलाई विश्व सुब्बा र सुप्रिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण उमेश कार्कीढोलीले राखेका थिए। कार्यक्रममा रिता गिरीले स्वागत गीत प्रस्तुत गरेका थिए भने नानी रिहान्त दर्नालले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा कालेबुङबाट आएकी संस्कृति बागदासले आकर्षक शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार ललित गोले (पाला) ले आफ्नो प्रस्तति पनि दिएका थिए। कार्यक्रममा तीनधारेको मादले गीत टोलीले संगीतकार बरूण रसाईलीको अगुवाईमा मादले गीत र मारुनी नृत्य पनि प्रस्तुत गरेका थिए। यस क्रममा नमस्ते खरसाङले पहाड़को विभिन्न सांगीतिक टोलीहरू कार्निभल ब्याण्ड दार्जिलिङ, बागिना, म्युजिक तीनधारे, मादले टोली तीनधारे, मिरिक म्युजिकल मोलोडी, परिचय ब्याण्ड लगायत पहाड़का अन्य गायक, संगीतकारहरू, गीतकारहरू र अन्यलाई सम्बर्ध्दना जनाएको छ। उक्त कार्यक्रममा नेपाली गीत लेख्दै आएका गीतकारहरूको समूह ‘गीतकार संघ भारत’ का गीतकारहरू साथै अन्य गीतकारहरूलाई पनि सम्बर्ध्दना जनाइएको थियो। कार्यक्रममा संगीतका महागुरु, वरिष्ठ गजलकार गोबिन्दसिंह घतानीलाई पनि सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै खरसाङको प्रतिभा परिवार, आकाशवाणी खरसाङ, उमेश कार्कीढोली लगायत अन्यहरूलाई पनि सम्बर्ध्दना जनाइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले राखेका थिए। कार्यक्रममा पहाडभरिका गायक कलाकारहरू, संगीतकारहरू, गीतकारहरू, सांगीतिक टोलीहरू उपस्थित रहेका थिए। यस सम्बर्ध्दना कार्यक्रम विषयमा नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै हामीले नमस्ते आईडललाई मात्र ध्यान नदिएर यस ग्राण्ड फिनालेमा पहाड़का प्राय: सबै गायक संगीतकारहरू, गीतकारहरू साथै म्युजिकल ब्याण्डहरूलाई पनि सम्बर्ध्दना जनाएको बताएका छन्। उनले हामीले सबैलाई बोलाउन सकेनौं अनि कतिजना छोडियो होला त्यसैले हामी बसेर अर्को पाली संसोधन गर्ने बताए। उनले नमस्ते खरसाङको मुख्य उद्देश्य नै कलाकारहरू र संगीतसित सम्बन्धित गायक-संगीतकारहरू, गीतकारहरू र म्युजिकल टोलीहरूलाई सम्मान गर्दै उनीहरूको कार्यको प्रशंसा गर्न चाहेको बताएका छन्। गुरुङले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेकालछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement