बौध्दगयामा आयोजित बुध्दिष्ट शान्ति रैलीमा खरसाङको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे सामेल

IMG-20231127-WA0223.jpg

खरसाङ: बोधगयामा आयोजित बुध्दिष्ट शान्ति रैलीमा सामेल हुन खरसाङ सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे बोधगया पुगेका छन्। उनले बताए अनुसार विभिन्न मांगहरू लिएर अल ईण्डिया बुध्दिष्ट फोरमको आयोजनामा बिहार राज्यको बोधगयामा आयोजित बुध्दिष्ट शान्ति रैलीमा लगभग एक लाखभन्दा धेरै बौध्द धर्मावलम्बीहरूले भाग लिएका थिए। यस विषयमा जानकारी गराउँदै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले उक्त रैलीमा देशको विभिन्न प्रान्तहरूबाट आएका बौध्द धर्मावलम्बीहरूको विशेष उपस्थिति रहेको थियो। यसमा अल ईण्डिया तामाङ बुध्दिष्ट एसोसिएशन, शेर्पा एसोसिएशन, अल ईण्डिया एक्शन कमिटी फर पर्सनल ल आदि संगठनहरूको सदस्यहरूको जमघट रहेको थियो। पेम्बा रिम्पोर्छेले बताए अनुसार छ सूत्रीय मांगहरू लिएर बुध्दिष्ट शान्ति रैलीको आयोजना गरिएको थियो भने यसमा प्रमुख मांग बुध्दिष्ट गुम्बाहरूमा अन्यको हस्तक्षेप हटाउनु पर्ने र बोधगयाको धार्मिक गुम्बाहरूमा पूर्ण रूपले बौध्द धर्म गुरुहरूलाई पूजा पाठ गर्नलाई दिनु पर्ने मांग सामेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement