गोर्खा शहीद च्यालेञ्ज फूटबलः क्यामरुन सेभेन सजिलै सेमिफाइनलमा

photocollage_2022721185226848.jpg

२१ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको म्याचमा क्यामरुन सेभेनले वाईजीएफसी खरसाङलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमका ड्याडीलाई प्लेयर अव् द म्याच चयन गरियो। भोलि खेलिने चौथो क्वार्टर फाइनलमा तीनधारेको चाँद एफसी र ईगल्स सेभेन (सिलगढ़ी)-बीच भिड़न्त हुनेछ। फाइनल २७ जुलाईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement