उत्तरकाशी: उत्तराखण्डको सिल्कियारा सुरुङमा ४१ जना मजदुरहरू फसेको १६ दिन भइसकेको छ। सरकारले पहल गरे पनि ती मजदुरहरूलाई हालसम्म निकाल्न सकेको छैन। सोमबार सुरुङको एउटा तस्वीर अघि आएको छ। उक्त तस्वीर भगवान शिवको जस्तै देखिएको भनाई छl अब छिट्टै सफलता मिल्छ भन्ने महसुस गर्न थालेका छन्। यो आकृतिको तस्वीर सामाजिक संजालमा लगातार भाइरल भइरहेको छ। केन्द्र र उत्तराखण्ड सरकारले मजदुरहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेको छ। भारतीय सेना पनि उद्धारका लागि तैनाथ छ। आइतबार नै उत्तर काशीका सबै मन्दिरमा भगवान शिवको पूजा आराधना गरिएको थियो। २४ घण्टामा सुरुङको प्रवेशद्वारमा आकृति देखिएपछि जनतामा आशा जागेको छ। समाचारअनुसार उत्तरकाशी सुरुङमा फसेका मजदुरहरूलाई बचाउन अहिलेसम्म ३६ मिटर भर्टिकल ड्रिलिङ सम्पन्न भएको छ। प्रधानमन्त्रीका मुख्य सचिव पीके मिश्रले पनि सिल्क्यरा सुरुङमार्गको निरीक्षण गरेका थिए। उनले यहाँ फसेका मजदुरहरुसँग कुरा गरी सकेसम्म चाँडो उद्दार गर्ने आश्वासन दिए।









