४ भारतीयसहित १४ जना निखोज
एथेन्स: लेस्बोस द्वीप छेउ ऑंधीका कारण एउटा मालवाहक जहाज डूबेको छ। जहाजमा यात्री गरिरहेका चार भारतीयसहित १४ जना हराएका छन्। एउटा ग्रीक तट रक्षकले आइतवार भने, ‘हराएका मानिसहरूको निम्ति ठूलो बचाउ अभियान चलाइॅंदैछ।’
जानकारी अनुसार, नौसेनाको एउटा हेलीकप्टरले चालक दलका एक सदस्यलाई उद्धार गरेको छ। पॉंच मालवाहक जहाज, तीन तट रक्षक जहाज, वायुसेना र नौसेनाको हेलीकप्टर र एउटा नौसेना फ्रिगेट बचाउ कार्यमा जुटेका छन्।
रिपोर्ट अनुसार, मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र त्यसमा नून लोड थियो। यो जहाज मिस्रको देखेइलाबाट इस्तान्बुल प्रस्थान भएको थियो। चालक दलका सदस्यहरूमा २ सीरियाई नागरिक, ४ भारतीय र ८ मिस्रवासी सामेल छन्।










