२१ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत बिहीवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा माउण्ट हार्मोन बोइज क्लबले रकवुड स्पोर्टिंग क्लबलाई ५-१-ले पराजित गऱ्यो। पूल सी-को यस म्याचमा विजेता टीमबाट रोहित राईले ह्याट्रिक गरे। यसबाहेक प्रणीत पाख्रिनले २ गोल गरे। रकवुड एससी-बाट ध्रुव छेत्रीले १ गोल गरे। यसरी नै ब्लूमफील्ड फूटबल क्लब (बीएफएफसी) र गोर्खा स्पोर्टिंग क्लब (जीएससी)-बीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। ग्रुप डी-को यस म्याचमा बीबीएफसी-बाट पेम्बा थापाले अनि जीएससी-बाट प्रियांशु राणाले गोल गरे।










