कूचबिहार: भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको रायगंज सेक्टर अधीन ४०औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को सीमा चौकी सरस्बतीका जवानहरूले, कूचबिहार जिल्लाको कुचलीबारी निवासी मोहम्मद बाच्चा (४२) लाई समाएका छन्। बीएसएफले बिहीवार यसको जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार, मोहम्मद बाच्चालाई त्यस समय समाइयो जब उसले सुरक्षा बाड़लाई काँटेर अन्तरराष्ट्रिय सीमा नाघ्ने प्रय़ास गरिरहेको थियो। आरोपितलाई अघिको कारबाहीको निम्ति नजिकको पुलिस स्टेशन कुचलीबारीलाई सुम्पिएको छ।
यस बाहेक २०२०-२०२१ जुलाईमा उत्तर बंगाल फ्रन्टियर बीएसएफ अधीन सीमा प्रहरीहरूले आ-आफ्नो सीमावर्ती क्षेत्रहरूमा तस्करी विरोधी अभियान चलाउँदै २३ पशु, २९८ बोतल प्रतिबन्धित विविध सामग्री जफत गरेको छ। जफत गरिएको समानहरूको कूल मूल्य ४,०९,७९९ रूपियाँ मापिएको छ।