खोरीबारीको बुढागञ्जमा एक दिवसीय डे-नाइट फुटबल प्रतियोगिता

Capture6.png

खोरीबारी: सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले खोरीबारीको बुढागञ्जमा एक दिवसीय डे-नाइट फुटबल प्रतियोगिताको उद्घाटन गरे। आज तराई फुटबल एकेडमी एवम् बुढागञ्ज युथको सञ्चालनमा बुढागञ्जको कालकुट सिंह उच्च विद्यालयको मैदानमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, कर्माध्यक्ष किशोरी मोहन सिंह, बुढागञ्ज ग्राम पञ्चायत प्रधान अनिता राय, बुढागञ्जको कालकुट सिंह उच्च विद्यालयका प्रिन्सिपल सुशान्त पन्डित लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा सभाधिपतिले भने, बुढागञ्जको सीमान्त क्षेत्रमा टुर्नामेन्टको आयोजना गरिएको छ। आउँदो पीढिलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको छ। यसको लागि पहिला पनि महकुमामा केही टुर्नामेन्टको आयोजना गरिसकेको छ भने आगामी दिनमा पनि टुर्नामेन्टको आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement