राज्यपालले दिए त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको शुभकामना

IMG-20231126-WA0222.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको शुभ अवसरमा सिक्किमवासीहरू र विशेषरूपमा लिम्बू समुदायमा शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘त्योङ्सी सिरिजङ्घा सावन तोङनाम १८औं सदीका प्रसिद्ध विद्वान त्योङ्गसी सिरिजङ्घाको जन्मको प्रतीक हो, जसलाई महात्मा सिरिजङ्घाको नामले पनि चिनिन्छ। महात्मा सिरिजङ्घाले सिक्किममा लिम्बू परम्परा, संस्कृति, शिक्षा र धर्मलाई पुनर्जीवित गर्न अभुतपूर्व योगदान दिए, जसले लिम्बू जातिको उत्थानमा अद्वि़तीय स्थान राख्दछ।’

राज्यपालले अघि भनेका छन्, ‘यस अवसरले हाम्रो समृद्ध संस्कृति र परम्पराहरूको संरक्षण र संवर्धनलाई प्रतिबिम्बित गर्दछ।’ राज्यपालले यस अवसरमा महात्मा सिरिजङ्घाका शिक्षाहरूलाई अनुसरण गर्दै सुन्दर अनि सुसंस्कृत राज्यलाई अझ उच्च स्थानसम्म लिएर जान प्रतिबद्ध बनौं भनी आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement