सिलगढ़ी: सिलगढ़ी नगर निगमको ४० नम्बर वार्डमा एक १६ वर्षीय नाबालिगसित दुष्कर्म गर्ने प्रयासको मामिला पुलिसले अाज एमडी एहसानुल हम नामको एक दोकानदारलाई पक्राउ गरेको छ।
पुलिस सूत्रहरू अनुसार, ४० नम्बर वार्डको अशरफ नगर निवासी नाबालिग समान लिन हिजो राति स्थानीय एक राशनको दोकानमा गएकी थिइन्। यसै समय, दोकान मालिक एहसानुल हकले नाबालिगलाई दोकान छेउ कुना मा लगेर दुष्कर्म गर्ने प्रयास गरेको आरोप छ। तब नाबालिगले चिच्याउनु शुरू गरिन्। जसपछि वरिपरिका मानिसहरू जमा भए औं आरोपित दोकानदारलाई समाए र भक्तिनगर थानालाई यसको सूचना दिए। पुलिसले आरोपितलाई पक्राउ गरी थाना लग्यो।
पीड़ित परिवारको तर्फबाट आरोपित विरूद्ध थानामा एक लिखित शिकायत पनि दर्ता गराइएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।










