मुख्यमन्त्रीले दिए त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको बधाई एवं शुभकामना

1000421634.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले त्योङ्गसी सिरिजङ्घा सावन तोङनामको शुभ अवसरमा सिक्किमका जनता, विशेषगरी लिम्बू समुदायलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्री तामाङले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘त्योङ्गसी सिरिजङ्घाको जन्मजयन्ती हाम्रो लागि उहाँका शिक्षा र आदर्शहरू प्रतिबिम्बित गर्ने अवसर हो, जसले हामीलाई प्रकृति, हाम्रा सँगी प्राणीहरू र हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण गर्न सद्भावमा बाँच्न मार्गदर्शन गर्दछ।’

मुख्यमन्त्रीले यस विशेष अवसरमा सिक्किमका जनतालाई महात्मा सिरिजङ्घाको सिद्धान्तहरूलाई आफ्नो जीवनमा उतार्न अनि उहॉंका जीवन र शिक्षाबाट प्रेरणा लिन प्रोत्साहित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement