नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले भने, राष्ट्र निर्माणमा जब सबैको साथ पाइन्छ तब सबैको विकास पनि सम्भव हुनसक्छ। हामी यसै भावले अघि बढ़िरहेका छौं।
प्रधानमन्त्रीले मासिक रेडियो कार्यक्रम ”मन की बात” -को १०७औं संस्करणमा आइतवार भने, संविधान निर्माताहरूको दूरदर्शितालाई पालन गर्दै भारतको संसदले हालैमा ”नारी शक्ति वन्दन अधिनियम”-लाई पारित गरेको छ जसको लागि उनी सन्तुष्ट पनि छन्।
यो विकसित भारतको हाम्रो सङ्कल्पलाई गति दिनमा सहायक सिद्ध हुनेछ। हामी सबैको साथ सबैको विकासको सङ्कल्प लिएर अघि बढ़िरहेका छौं।
प्रधानमन्त्रीले यस अवधि हंसा मेहताको खुलेर प्रशंसा गरे। उनले भने, संविधान सभाको निम्ति केही सदस्यहरूलाई मनोनीत गरिएको थियो जसमा १५ जना महिलाहरू पनि सामेल थिए जुन अत्यन्त प्रेरणादायी विषय हो। यस्तै एकजना सदस्य हंसा मेहताले महिलाहरूको अधिकार र न्यायको निम्ति आवाज उठाएका थिए। त्यसताक भारत ती केही देशहरूमा सामेल थियो जहाँ महिलाहरूलाई संविधानले भोट गर्ने अधिकार दिएको थियो।
मोदीले कङ्ग्रेसको नाम उच्चारण नगरी यसका नेताहरूमाथि लक्षित गर्दै भने, समय, परिस्थिति, देशको आवश्यकतालाई ध्यानमा राखेर अलग-अलग सरकारहरूले अलग-अलग समयमा संविधान संशोधन गरे, तर यो पनि दुर्भाग्यपूर्ण रह्यो कि पहिला संविधान संशोधन गरेर मानिसहरूको बोल्ने अधिकार र अभिव्यक्तिको अधिकारमाथि आघात गरियो। अर्कोतिर संविधानको ४४औं संशोधनको माध्यमबाट आपतकालमा गरिएका गल्तीहरूलाई सुधारिएको थियो।
प्रधानमन्त्रीले भने, मानिसहरूमा स्वदेशी वस्तुहरूप्रति जागरूकता बढ़ेको छ। देशमा भोकल फर लोकल अभियानले मानिसहरूलाई स्वदेशी वस्तुहरू खरिद गर्नका लागि जागरूक बनाएको छ। बितेका केही दिनभित्रमा दीपावली, भाइ टीका, छठ पर्वको अवसरमा देशमा चार लाख करोड़्भन्दा अधिक व्यापार भयो। यस अवधि मानिसहरूले भारतमै निर्मित उत्पादहरू खरिद गरे।
स्वच्छ भारत अभियानबाट मानिसहरूको सोंच फेरियो –
प्रधानमन्त्रीले भने, स्वच्छ भारत अभियानले साफ-सफाई अनि सार्वजनिक स्वच्छताप्रति मानिसहरूको सोंच परिवर्तन गरिदिएको छ। यो पहल आज राष्ट्रिय भावनाको प्रतीक बनिसकेको छ जसले करोड़ौं देशवासीहरूको जीवनलाई उत्कृष्ट बनाएको छ। यस अभियानले अलग-अलग क्षेत्रका मानिसहरू विशेष युवाहरूलाई सामूहिक अंशदारीको लागि प्रेरित गरेको छ। प्रधानमन्त्रीले भने, यो लगातार दोस्रो वर्ष हो जतिबेला दीपावलीको अवसरमा नगद दिएर वस्तु खरिद गर्ने प्रचलन बिस्तारै घट्दै गइरहेको छ। अर्थात अब मानिसहरू अधिकभन्दा अधिक डिजिटल पेमेन्टको दिशा तर्फ बढ़िरहेका छन्।








