दार्जीलिङ: केही दिन अधि चुङथुङ-मेरीबुङ-तामसाङ समष्टिका संयोजक सन्दीप छेत्रीलाई चुङथुङ लक्षदीप स्पोट्रिङ कल्बद्वारा फुटबल टुर्नामेन्टको प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको थियोl प्रमुख अतिथिको आसनबाट बोल्दै सन्दीप छेत्रीले चुङथुङ लक्ष्यदीप गाँऊमा खेल मैदान अझ ठूलो बनाउन ५ दिन डोजर दिने वचन दिएका थिएl उक्त बचनलाई पुरा गर्दै आज उनले डोजर दिएर खेल मैदान अझ ठूलो बनाउने कार्य शुरू भएको छ। जसको निम्ति उनीप्रति कृतज्ञता जनाउँदै समाजसेवी विजय शेर्पाले भने, ‘सन्दीप छेत्रीले आफ्नो वचन पुरा गरेर डोजर दिएका छन्l धेरै नेताहरू बोल्छन्, तर बोलेका कुराहरू पुरा भएको बिरलै पाउँछौl तर चुङथुङ मेरीबुङ तामसाङ समष्टि सन्दीप छेत्रीले जनसेवाको कार्यहरूलाई निरन्तरता दिँदै आफ्नो वचन पुरा गरेका छन् जसको निम्ति हामी सम्पूर्ण गाँऊ नै कृतज्ञ छौंl’