खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सांगठनिक सभा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न गरियाे। उक्त सभा आगामी सप्तादेखि धारावाहिक रुपमा विभिन्न निर्माण क्षेत्रहरुमा कामकाे गुणस्तर जाँच गर्न साथै संगठनलाई अझै दह्रिलाे बनाउन हेतु संगठनसित जाेडिनुपर्छ भन्ने प्रचार गर्ने जमर्को कसेका छन्। यस क्रममा सभामा दैनिक काममा स्थानीय श्रमिकहरुलाई महत्त्व दिनुपर्ने कुरामा पनि जाेड दिनु र बढदाे प्रवासी मजदुरहरुकाे जनसंख्या विषयमा पनि संगठनले चर्चा गरेकाे छ। स्थानीय मजदुरहरुले दिनदिनै काम पाउन छाेडिसकेकाे गुनासोहरु पनि सदस्यहरुले गरेका छन्। विगत केही सप्ताह अगाडी संगठनले जुन रेट तय गरेका छन् उक्त रेट विषयमा आम मानिसले धेरै खुशी भएको जानकारी आएकाे छ। हप्ताको एक दिन संगठनकाे प्रतिनिधिहरुद्वारा गाउँ घर भ्रमण गरिने साथै संगठनले ताेकिएकाे रेटमा काम गरेकाे छ छैन जाँच गरिने भएको छ। सभामा अध्यक्ष एल्जिन ब्राह्मण, मूल सचिव शरण विश्वकर्म, उप सभापति निमा तामाङ, सह सचिव रञ्जन तामाङ, सांगठनिक सचिव नवीन शेर्पा साथै कार्यकारी सदस्यहरु उपस्थित थिए भनी प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको खरसाङको सभापति एल्जिन ब्राह्मणले जानकारी गराएका छन्।









