श्रीबदममा आयोजित तीन दिवसीय मत्स्य महोत्सवको समापन

IMG-20231127-WA0003.jpg

सोरेङ: श्रीबदममा आयोजित तीन दिवसीय मत्स्य महोत्सव २०२३ को आज समापन भयो। समापन कार्यक्रममा साँस्कृतिक विभागका मन्त्री विष्णु कुमार खतिवडा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनको साथमा मन्त्री लोकनाथ शर्मा, मन्त्री एमएन शेर्पा, मन्त्री भीम हाङ सुब्बा, राज्य स्तरीय मत्स्य महोत्सवका संरक्षक एवं क्षेत्र विधायक केएस लेप्चा, विधायकगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यहाँ आयोजित खुल्ला भलिबल टुर्नामेन्टमा देन्तामले दरमदिनलाई पराजित गरि टुर्नामेन्टको च्याम्पियन बन्यो। टुर्नामेन्टका बिजेता दललाई आकर्षक ट्रफीसहित नगद राशि एक लाख रुपियाँ र उपविजेता दललाई सत्तरी हजार रुपियाँ आयोजक समितिले प्रदान गरे।

यसरी नै राज्य स्तरीय मत्स्य महोत्सव-२०२३ को अवसरमा नेपाल राष्ट्रको राजधानी काठमाडौँमा आयोजित मिस गुरुङ इन्टरनेशनल (सिजन ५)-मा विजेता सुश्री जेरिना गुरुङलाई “जेरिना गुरुङ समर्थक समूह”-लाई अभिनन्दन जनाइयो।

स्मरण रहोस्, मिस गुरुङ इन्टरनेशनलमा सिक्किमबाट पाँचजनाले सहभागिता जनाएका थिए जसमा जेरिना गुरुङ विजयी बनेकी थिइन्। प्रतियोगितामा सोरेङको बढ़ियाखोप निवासी करिना गुरुङ दोस्रो उपविजेता बनेकी थिइन् भने उनले मिस क्याटवाकको उपाधि पनि प्राप्त गरेकी थिइन्। मिस बेस्ट हेयरको उपाधि लाब्दाङकी पुनम गुरुङ, मिस पपुलर र मिस इन्टलेक्चुअलका दुईवटा उपाधि गेजिङको गुरुथाङ निवासी अनामिका गुरुङ र मिस फोटोजेनिकको उपाधि जोरथाङकी स्नेहा गुरुङले जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement