फिटनेस आइकन सञ्जय बुढाथोकीले हत्याए काँस्य पदक

IMG-20231126-WA0197.jpg

गान्तोक: गत केही दिनअघि बेङ्ककको पट्टायामा सम्पन्न भएको एशियान बडी बिल्डिङ प्रतियोगितामा राज्यका बडी बिल्डर अर्थात फिटनेस आइकनको रूपमा चिनिने सञ्जय बुढाथोकीले काँस्य पदक जितेर देश साथै राज्यको नाम रोशन गरेका छन्।

उनले श्रीलंका, थाइल्याण्ड, टर्की र अस्ट्रेलियाका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए। यसरी अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दै यस प्रतियोगितामा काँस्य पदक जितेर इतिहास रचेका छन्।

उल्लेखनीय छ, यस भन्दाअघि पनि उनले राष्ट्रिय साथै अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पदक हासिल गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement