‘आउँछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)  

372391589_343310541722604_8445590772335270954_n-1

काठमाडौं: ‘आउँछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। भ्वाईस अफ नेपाल बाट चर्चामा आयका गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ। गीतको भीडीयोमा धेरै सम्भाबना बोकेका मोडल अन्जान थापा सलीना खत्रीको जीवन्त क्लासिकल अभीनय देख्न सकीन्छ। सार्वजनिक भिडियो हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ। देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको समपादन, कलर र डीओपी रहेको छ। नेपमेलोको प्रस्तुतीमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन्। पछिल्लो समय गीत संगीतमा निकै रफ्तारका साथ अगाडी बढिरहेको नेपमेलोले विभीन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आइरहेको छ।

About Author

Advertisement