देशका शीर्ष रिकर्व आर्चर तरुणदीप राईको नाममा थप रेकर्ड दर्ता

n5599356721701008306784b1017bfa3c7ea5f7a76a40fcc08e84110216943b6cebd1488501dd7fa6ee6d4e.jpg

अयोध्या: देशका शीर्ष रिकर्व आर्चर तरुणदीप राईले आफ्नो नाममा थप रेकर्ड दर्ता गरेका छन्। उत्तर प्रदेशको अयोध्यामा २४ नोभेम्बरदेखि आगामी ३० नोभेम्बरसम्म चल्ने ४३औं सीनियर राष्ट्रिय च्याम्पियनशीप अवधि ७० मीटरमा ७२ काँड़हरू (१८० सेकेण्डमा ६ काँड़)-को निम्ति सम्भावित ७२० अंकमध्ये ६८९ (३४३+३४६) अंक हासिल गरेका छन्। यसरी सीनियर राष्ट्रिय च्याम्पियनशीपमा उनले आफ्नो नाममा नयाँ रेकर्ड दर्ता गरेका छन्।

सिक्किमे छोरा तरुणदीप राईको नाममा यसअघि धेरै रेकर्डहरू रहेको छ भने आफ्नो लगभग दुई दशक लामो आर्चेरी करिअरमा धेरैवटा राष्ट्रिय अनि अन्तरराष्ट्रिय मेडलहरू हत्याएर सिक्किम राज्यसँगै देशको नाम उज्ज्वल पारिसकेका छन्। यस नयाँ रेकर्ड आफ्नो नाममा दर्ता गरेपछि आर्चर तरुणदीप राईले खुशी व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement