पहाड़काे राजनीति नयाँ समीकरण

IMG-20231126-WA0185.jpg

बिनय तामाङ कांग्रेस पार्टीमा सामेल

कालेबुङ: तृणमूल कांग्रेस एवं गोर्खा जनमुक्ति मोर्चाका पूर्व नेता बिनय तामाङ कांग्रेस पार्टीमा सामेल भएका छन्। गत साल दिसम्बरमा उनले तृणमूल कांग्रेस छोड़ेका थिए।

तबदेखि तामाङ लामो समयसम्म सीधा रूपमा कुनै पार्टी कार्यक्रममा सामेल नभएपनि राजनीतिक मैदानमा थिए।

आइतवार उनले कालेबुङमा कांग्रेसका प्रदेश कांग्रेस अध्यक्ष अधीर चौधरीको हात समाएर कांग्रेसमा सामेल भए। यो उनको राजनीतिक करियरको चौथो पारी हो।

उल्लेख्य, गोर्खा नेशनल लिबरेशन फ्रन्ट (जीएनएलएफ) को गठनमा सुभाष घीसिङको हात समाएर उनी पार्टीमा सामेल भएका थिए। यसपछि बिमल गुरूङको साथ गोर्खा जनमुक्ति मोर्चा (जीजेएम) को गठन गरे।

यसपछि उनी सीधा तृणमूल कांग्रेसमा सामेल भएका थिए। तर पहाड़को तृणमूल नेताहरूसित उनको राम्रो सम्बन्ध थिएन। जसले घर्दा उनले तृणमूलदेखि दूरी बढ़ाउन थाले। फेरि उनले गत साल दिसम्बरमा तृणमूल छोड़े। अब उनी कांग्रेसमा सामेल भएका छन्। उनी कांग्रेसमा किन सामेल भए, यसलाई लिएर वर्तमानमा पहाड़को राजनीति गर्मिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement