काेचबिहार: भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले अलग-अलग सीमान्त क्षेत्रहरूबाट महिला सहित दुई बांग्लादेशी नागरिकलाई अवैध रूपमा घुसपैठ गरेको आरोपमा समाएका छन्।
जानकारी अनुसार, सर्वप्रथम बीएसएफको ६औं बटालियनको बर्डर आउट पोस्ट (बीओपी) अमर जवानहरूले अवैध रूपमा बांग्लादेशबाट भारततिर सीमा नाघ्ने प्रयास गरिरहेको समय बांग्लादेशी नागरिक सुजोन मिया (२८) लाई पक्राउ गरेका छन्।
यस बाहेक बीओपी करणका जवानहरूले बांग्लादेशी महिलालाई पनि अवैध रूपमा बांग्लादेशदेखि भारतीय सीमामा पस्ने प्रयास गरिरहेको बेला समाए। पक्रा परेकीक महिलाको नाम स्वप्ना बेगम (३४) बताइएको छ। बीएसएफले दुवैलाई जफत समानको साथ कानूनी औपचारिकताहरूपछि कुचलीबारी थानालाई सुम्पेको छ।










