बन्द घरबाट पुलिसकर्मीको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-8

काेचबिहार: तुफानगंजको वार्ड नम्बर ९ क्षेत्रमा एक बन्द घरबाट हिजो राति पुलिसकर्मीको शव भेटिएपछि सनसनी फैलियो। मृतकको पहिचान चित्तजीत कुमार सिंह (५०) को रूपमा गरिएको छ। उनी काेचबिहार पुलिस लाइनमा होम गार्डको पदमा तैनात थिए।

स्थानीय मानिसहरू अनुसार, गत दुई दिनदेखि चित्तजीत नजर आइरहेका थिएनन्। अचानक उनको घरबाट दुर्गन्ध आउन थाल्यो। तूफानगंज थानालाई यसको सूचना दिइयो। सूचना पाएर तूफानगंज थाना पुलिस घटनास्थलमा पुग्यो र घरको दैलो तोड़ेर शव आफ्नो कब्जामा लियो। तूफानगंज थाना पुलिस मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement