पुलिस भ्यानको चपेटमा परेर बुजुर्गहरूको मृत्यु

IMG-20230528-WA0320-5-300x172-6

मालदा: पश्चिम बंगालको मालदा जिल्लामा पुलिसको एउटा वाहनले हिर्काउँदा एक महिला समेत दुई बुजुर्गको मृत्यु भएको छ भने दुई जना नानी घाइते भएका छन्। यस दुर्घटनाले रुष्ट स्थानीय मानिसहरूले प्रदर्शन गरे।

चांचल उपमण्डल अधिकारी सौविक मुखर्जीले भने, यो दुर्घटना त्यस समय भयो जब एउटा पुलिस दल कुनै मामिलाको जाँचको निम्ति त्यहाँ गएको थियो र पुलिसको वाहनले चार स्थानीय मानिसहरूलाई हिर्काएपछि एउटा बिल्डिङसित ठोकियो।

उनले भऩे, दुर्घटनामा घाइते दानिशा बेवा (६२) र एसके मोहम्मद (६०) लाई मालदा मेडिकल कलेज एवं अस्पताल लगियो, जहाँ उनीहरूको मृत्यु भयो। दुवै घाइते नानीहरूलाई चांचल सुपरस्पेशलिटी अस्पताल लगियो। स्थानीय मानिसहरूले प्रदर्शन गर्दै पुलिस वाहन चालकले नशामा गाड़ी कुदाएको आरोप लगाएका छन्। उनीहरूले दुर्घटनाको निम्ति जिम्मेवार पुलिसकर्मी विरूद्ध तत्काल कारबाही गरिने माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement