हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको घुइचो

IMG-20231126-WA0191.jpg

दार्जीलिङ: हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको घुइचो।शहरको माल रोड स्थित हाम्रो पार्टी केन्द्रीय कार्यलय पी कोठीमा पार्टीको एक कार्यक्रममा सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत गैरी गाउँ पुलुङदुङको २० परिवारहरूले हाम्रो पार्टीमा सामेल भए। हाम्रो पार्टीमा सामेल हुनेहरू प्रायः सवै युवाहरू रहेका छन्। सुकिया मानेभन्ज्याङ समष्टिको हाम्रो पार्टी अध्यक्ष दीपेन राईको नेतृत्वहरूमा समर्थन जनाउँन आएका वीस परिवारहरूलाई पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले पार्टीको झण्डा सोम्पिन्दै पार्टीमा स्वागत जनाए।हाम्रो पार्टीमा समर्थन जनाउँने युवा जमातहरू आजसम्म कुनै राजनैतिक दलहरूमा थिएन, उनीहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको कुशल नेतृत्व र स्वच्छ विचारको सम्मान जनाउँदै हाम्रो पार्टीमा सामेल भएको हो भन्ने उनीहरूले बताए।स्मरण रहोस पहाडको ग्रामिण क्षेत्रहरूदेखि लिएर शहर बजार आदि क्षेत्रहरूबाट पनि हाम्रो पार्टीमा निरन्तर रूपमा समर्थन जनाउँदै आई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement