दार्जीलिङ: मास्क अनि बुस्टर डोज लगाउनु होस अनि तपाई साथै परिवारहरूलाई सुरक्षित राख्नु होस भन्दै दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेलले जन साधरण समक्ष आहवान गरेको छ। दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा कोविड १९ एंव कोरोना संक्रमण दिनप्रति दिन बढदै गइरहेको खबरलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले पर्सी शनिबार देखि दार्जीलिङको टाउन हल अनि घूम जोरबंगलाको यूपीएचसी हलमा कोविशील्ड,को वैक्सीन साथै बुस्टर डोज लगाइने चेयरम्यान पोर्तेलले बताए।तिनले अझ भने विगतका दिनमा सरकारले दोस्रो टिका ९ महिना पछि लगाइने घोषणा गरेको थियो तर अब ६ महिनामा लगाइनेछ भन्ने चेयरम्यान पोर्तेलले दोहोराए।यसको साथै ज जसले बुस्टर डोज लगाएको छैन उनीहरूले पनि टाउन हल अनि घूम जोरबंगलाको यूपीएचसी हलमा लगाइने तिनले दोहोराए।तिनले अधि भने भोली शुक्रबार जिल्ला अस्पताल अधिकारीहरू र दार्जीलिङ नगरपालिका वीच एउटा बैठक हुने भएको छ अनि उक्त बैठकमा यो समस्याहरूदेखि जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ ती विषयहरूमाथि गहन चर्चा परिचर्चा गरिनेछ भन्ने चेयरम्यान पोर्तेलले बताए।तिनले अझ भने विगतका दिनहरूमा कोविड १९ माथि काम गर्ने संध संस्थाहरूलाई पनि पूनः सेवा कार्यमा ओर्लिने चेयरम्यान पोर्तेलले बताए।कुनै प्रकारको असुविधा परेको खण्डमा दार्जीलिङ नगरपालिकासंग सम्पर्क गर्ने आहवान गरेको छ।तिनले अधि भने यदि संक्रमित मानिसहरूलाई दवाई एंव जरूरी समाग्रीहरूको खाचो परेको खण्डमा दार्जीलिङ नगरपालिकालाई सम्पर्क गर्ने चेयरम्यान पोर्तेलले आहवान गरेको छ।










