जयगाउँबाट भुटानी मदिरा बरामद

IMG-20231126-WA0178.jpg

अलिपुरद्वार: जयगाउँ थानाको पुलिसले भुटान सीमाको जयगाउँ क्षेत्रबाट ठूलो परिमाणमा भुटानी मदिरा बरामद गरेको छ। यस घटनामा एगटा कार पनि जफत गरिएको छ। स्रोतका अनुसार जयगाउँबाट आउँदै गरेको कारलाई पुलिस कर्मचारीले जयगाउँ जीएसटी चेकपोष्ट क्षेत्रमा रोक्न भनेका थिए तर त्यसले त्यहाँबाट भागे। त्यसपछि पुलिसले कारलाई पछ्याएर कारलाई भेटे। त्यसपछि कारको तलाशी लिँदा त्यहाँबाट ठूलो परिमाणमा मदिरा बरामद भएको थियो। पुलिसका अनुसार २५ थान भुटानी मदिरा बरामद भएको छ। यसघटनामा कार चालक घटनास्थलबाट फरार भएको र बरामद मदिरा र कारलाई नियन्त्रणमा लिएर जयगाउँ थानामा ल्याईएको छ। पुलिसले अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement