आज भारतले आर्थिक, सांस्कृतिक लगायत धेरैवटा क्षेत्रहरूमा ठूलो प्रगति गरिरहेको छ: प्रधानमन्त्री

bsgmdn48_pm-modi-pti_625x300_18_September_23.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार तेलङ्गानाको कान्हा शान्ति वनममा आयोजिक एक सार्वजनिक समारोहलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा उनले भारतको सांस्कृतिक औ आध्यात्मिक विरासतको महत्वलाई रेखाङ्कित गर्दै युवाहरूलाई विकसित भारतको सङ्कल्पसित जोड़्न आध्यात्मिक संस्थाहरूसित सहयोग मागे।

प्रधानमन्त्रीले भने, समृद्धि पैसा र भौतिक वस्तुहरूबाट आउँदैन, यो सांस्कृतिक मूल्यहरूको सशक्तिकरणबाट आउँछ। आज भारतले आर्थिक, सांस्कृतिक लगायत धेरैवटा क्षेत्रहरूमा ठूलो प्रगति गरिरहेको छ। यो एक नयाँ युगमा प्रवेश गरिरहेको छ।

प्रधानमन्त्रीले भने, भारतलाई दास बनाउनेहरूले हाम्रो असली शक्ति ज्ञान, ध्यान, योग, आयुर्वेद जस्ता धेरैवटा महत्वपूर्ण परम्पराहरूमाथि धावा बोलेका थिए जसको देशले ठूलो नोक्सान बेहोर्नुपऱ्यो, तर अब समय फेरिँदैछ। यो भारतको स्वतन्त्रताको अमृतकाल हो। उनले भने, अब हामीले आफ्नो विरासतलाई एक अभूतपूर्व उच्चतामा पुऱ्याउने समय आएको छ। यसमा श्री रामचन्द्र मिशन अनि योसित सम्बन्धित साधकहरू लगायत तपाईहरू सबैको महत्वपूर्ण भूमिका रहने छ।

उनले भने, अमृत कालको यस दशकमा हाम्रो ध्यान महिला, युवा, श्रम औ उद्यम क्षेत्रमाथि केन्द्रित छ। मानवताको लागि कमलेश डी. पटेलले जुन काम गरे त्यो अद्भुत छ। हाम्रो सरकारलाई उनको योगदानलाई पद्म पुरस्कारद्वारा सम्मान जनाउने सौभाग्य प्राप्त भयो। हिजोआज हामीले पद्म पुरस्कारहरूको यस्तो परम्परा बनाएका छौं कि पुरस्कार स्वयं सम्मानित हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement