सिलक्यारा सुरङ्गमा फसेका श्रमिकहरूको बढ़्दो प्रतीक्षा

n559889268170099619717005a790eb2b5b7e0106dc9d53b77b1a2018b20105c220b36abe8db091bcbe4c41.jpg

उत्तरकाशी: उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधिन सिलक्यारा सुरूङ्गमा गत १२ नोभेम्बरदेखिकै फसेका ४१ जना श्रमिकहरूलाई बाहिर निकाल्ने क्षणको प्रतीक्षामा सबै बसेका छन्।

राहत अनि बचाउ कार्यमा प्रयोग गरिएको अगर मसिनले प्रत्येक पल्ट नै पहाड़हरू समक्ष घुँड़ा टेकिरहेको छ। अभियानको आज १५औं दिन हो। अब भर्टिकल ड्रिलिङ्गको तयारी गर्ने कुरा गरिँदैछ। यसैबीच मौसम विज्ञान विभागले उत्तरकाशी र रूद्रप्रयागमा आगामी ३६ घण्टाभित्रमा हिमपात हुने चेताउनी दिएको छ।

अहिलेघरि श्रमिकहरूलाई बाहिर निकाल्नका लागि बनाइएको ३२ इञ्चको पाइपद्वारा लगभग ४८ मीटरको सुरूङ्गभित्र फसेको अगर मसिननको ब्लेडलाई काट्ने काम जारी छ। यसको लागि हैदराबादबाट प्लाज्मा कटर आजसम्ममा आइपुग्यो भने बचाउ कार्यमा तीव्रता आउने आशा छ। सुरूङ्गको माथिल्लो भागमा मसिनको एउटा महत्वपूर्ण भाग जसबाट ड्रिलिङ्ग हुन्छ,- लाई त्यहाँ पुऱ्याइँदैछ। टीमको भनाइ छ, काम जारी छ, दोस्रो भागलाई पनि चाँड़ै पुऱ्याइनेछ।

कतिपय अधिकारीहरूले बताए अनुसार भर्टिकल ड्रिलिङ्ग सोमवारदेखि शुरू हुनसक्छ। तर सुरूङ्गको प्रवेश द्वारमा चुहिरहेको पानीले सबैको चिन्ता बढ़ाएको छ। गए शनिवार पानी चुहिएको थियो। अधिकारीहरूले यसलाई सामान्य घटना मानिरहेका छन्। यसमा निर्माणाधिन सुरूङ्गको माथिल्लो क्षेत्रमा 82 मीटरको दूरत्वमा खनन कार्य हुनेछ। यसकोलागि मसिनको प्लेटफ्रम तयार गरिसकिएको छ। मसिनको एक भागलाई त्यहाँसम्म पुऱ्याइसकिएको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले भनेका छन्, बचाउ अभियान कठिन परिस्थितिहरूमा सञ्चालन भइरहेको छ। पाइपभित्र 45 मीटर ब्लेड फसेको थियो ज सको २० मीटर भाग काटेर निकालिसकिएको छ। रहल २५ मीटरलाई काट्नको लागि हैदराबादबाट प्लाज्मा कटर मगाइएको छ। कटर आज आइपुग्ने अनुमान छ। प्लाज्मा कटरले फसेको भागलाई काटेर निकाल्नेछ। त्यसपछि मजदूरहरूले हातले नै खनेर माटो निकाल्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement