सिलगढी: सिलगढीको विभिन्न क्षेत्रमा आज तृणमूल कङग्रेसको तर्फबाट सहिद दिवस पालन गरिरहेको छन्। यसै क्रममा तृणमूल छात्र परिषद् एवम् दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट सिलगढी कलेज मोडमा सहिद दिवस पालन गरियो। यस अवसरमा तृणमूलको झण्डा उत्तोलन गरेर शहीद वेदीमा पुष्प अर्पण गरेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको छात्र परिषदका अभिजीत ब्यानर्जीले भने, २१ जुलाई तृणमूल कङ्ग्रेसको लागि भावनात्मक दिन हो । धेरैजना मानिसहरू कोलकाताको धर्मतलामा आयोजना गरिएको शहीद दिवस कार्यक्रममा सामेल हुनको लागि गएका छन्।









