मालदामा श्री राधाकृष्ण र विभिन्न सखीहरू सजाएर रास महोत्सवको तयारी पूरा

IMG-20231126-WA0152.jpg

मालदा। मालदाको गाजोल ब्लकमा रास उत्सव मनाइँदैछ। यस रास महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ भने सोमबारदेखि विश्वव्यापी रास महोत्सव मनाइँदैछ। यसअघि आइतबार गाजोल हाईस्कुल मैदानमा श्री राधाकृष्ण र विभिन्न सखी सजाएर अभिनयका माध्यमबाट रास महोत्सवको तयारी गरिएको थियो। गाजोल सार्वजनीन रास उत्सव समितिका सचिव बिधानचन्द्र रायले यस वर्ष रास पर्व २६औं वर्षमा प्रवेश गरेको बताए। यो रास महोत्सव सोमबारदेखि १६ दिनसम्म चल्नेछ जसमा कीर्तन, भक्ति कार्यक्रम र चर्चित सांगीतिक कलाकारहरुको समेत सहभागिता रहनेछ। साथै भक्तजनका लागि खानाको पनि व्यवस्था गरिएको छ। यसमा विभिन्न प्रकारका रमाईलो झलकहरू हुनेछन्। यस रास उत्सवलाई सुचारु रुपमा सम्पन्न गर्न गाजोल ब्लक प्रशासन र पुलिसले हरसम्भव सहयोग गरिरहेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement