खर्साङ: बिधायक निरज जिम्बा द्वारा खर्साङ निवासी निता शर्माको जेठा छोरा डिडन शर्माको आँखाको शल्यक्रियाको निम्ति लाग्ने सम्पुर्ण खर्च वहन गर्दै आर्थिक सहयोग प्रदान अनि कान्छा छोरा डिजन शर्मालाई अध्यनको निम्ति आर्थिक सहयोग प्रदान गर्ने भएका छन्। बिधायक निरज जिम्बाले आफ्नो सामाजिक कार्यलाई तीब्रता दिदैँ बिपन्न परिवारका बालबालिकाहरुको उपचार देखि लिएर धेरै बालबालिकाहरुको अध्यनको निम्ति सहयोग पुर्याउदै आएका छन्। यसैक्रममा खर्साङ सितल बस्ती वार्ड नम्बर निवासी निता शर्माको जेठा छोरा डिडन शर्माको आँखाको शल्यक्रिया गर्नको निम्ति आर्थिक सहयोग प्रदान गरेका छन्। आर्थिक अवस्था अतिनै दयनीय रहेको कारण आफ्नो शल्यक्रिया गर्न असमर्थ भए पनि जेठा छोरा डिडन शर्माले सामाजिक संजाल मार्फत सम्पर्क गरेपछि बिधायक निरज जिम्बाले आज खर्साङ सितल बस्ती भ्रमण गरेर परिवार पक्ष संग भेटघाट गरि आँखाको शल्यक्रियाको निम्ति लाग्ने सम्पुर्ण आर्थिक राशि प्रदान गरे।
यसैक्रममा कान्छा छोरा डिजन शर्माले बिधायक निरज जिम्बालाई अपिल गर्दै आफू राम्रो स्कुलमा अध्यनमा गर्ने इच्छा जाहेर गरेका थिए। एउटा अबोध बालकको पुकारलाई स्विकार्दै बाह्र कक्ष सम्म उच्च शिक्षाको निम्ति सम्पुर्ण खर्च बेहोर्ने वचन दिए। निता शर्माको परिवार हाल खर्साङ सितल बस्तीमा एउटा किरायाको घरमा बसोबास गर्छन्। घरको अवस्था नाजुक रहेका छन्। आफ्नो छोराको शल्यक्रिया को निम्ति धेरैलाई गुहार लगाए तर कतैबाट पनि सहयोग प्राप्त नभएको उनको गुनासो रहेका छन्। आफ्नो बिधान सभा क्षेत्र नपरे पनि एउटा मानवताको नाताले एउटा अबोध किशोरको पुकारलाई आत्मसात गर्दै सहयोग पुर्याएको बिधायक जिम्बाले जनाए। जीटीए कार्यपालको आफ्नो क्षेत्र रहेको तर यस्तो मानवीय सहयोग परिवार पक्षलाई सहयोग नपुर्याउन सक्नु अचम्को कुरा हो भनी बिधायक निरज जिम्बाले जनाएका छन्। परिवार पक्षले खर्साङका बिधायकलाई पनि धेरै पटक सम्पर्क गर्दा फोन नउठाएको गुनासो पोखेका छन्।









