आगो ताप्दा भयो झगड़ा, एक अर्कामा धारिलो हतियार प्रहार

IMG-20231126-WA0129.jpg

जलपाईगुड़ी। जाड़ोको साँझमा सार्वजनिक निर्माण विभागको सड़कको छेउमा एउटा पसलको अगाड़ी बोनफायरलाई लिएर विवाद हुँदा झगड़ा सुरु भएको थियो भने झगड़ामा धारिलो हतियार निकालेर एकअर्कालाई आक्रमण गर्दा धेरै घाईते बनेको थियो। अस्पतालमा प्राथमिक उपचारपछि घाइतेले मैनागुड़ी थानामा उजुरी दिएका थिए। घटना शनिबार साँझ मैनागुड़ी ब्लकको उत्तर मौमारी दासपाड़ा क्षेत्रमा भएको हो। प्रत्यक्षदर्शी तारापद दासले बताए अनुसार‘साँझ तिनको पसल अगाड़ी केही व्यक्तिले आगो बालेर तापी रहेको थियो त्यही क्रममा गौतम ऋषि नामका युवक आएर मञ्जु दासलाई कुटपिट गरे। पछि घरका अरु धेरै मान्छे आएर कुटपिट गरे। मञ्जु दासले टाउकोमा धारिलो हतियार प्रहार गरिन्। तारापद दासले भने, आफूले हतियार समात्ने प्रयास गर्दा आफ्नो हात काटिएको तारापद दासले बताए। शनिबार साँझ भएको घटनापछि घाइतेहरूलाई मैनागुड़ी ग्रामीण अस्पतालमा ल्याइएको थियो र प्राथमिक उपचारपछि मैनागुड़ी थानामा उजुरी दिएका थिए। तर यसबारे गौतम ऋषिबाट कुनै प्रतिक्रिया आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement