सिलगढीमा अमानवीय घटना, १४ वटा आवारा कुकुरहरुलाई विष खुवाएर मारेको खुलासा

IMG-20231126-WA0133.jpg

सिलगढ़ी। सिलगढ़ीमा अमानवीय घटना सार्वजनिक भएको छ। १४ वटा आवारा कुकुरहरुलाई विष खुवाएर मारेको खबरले पशुप्रेमीहरु आघात भएको जान्नमा आएको छ। यो घटनाले सिलगढ़ी नगरपालिकाको वार्ड नम्बर १८ को राना बस्ती नजिकैको इलाकामा हलचल मच्चाएको छ। घटनालाई लिएर स्थानीय बासिन्दा र विभिन्न पशुप्रेमी संघसंस्थाका सदस्यहरू आक्रोशित छन्। हरेक दिन झैँ शनिबार राति पनि एकजना स्थानीय युवा कुकुरलाई खाना खुवाउन आएका थिए। तर, उनले कुकुरलाई सहि ठाउँमा नभेटेपछि वरपर खोज्न थाल्दा हठात तिनको नजर नालीमा परेका मरेका कुकुरहरूमा पर्न गयो। घटनाको लगत्तै पशु प्रेमी संगठन र सिलगढ़ी थानालाई खबर गरिएको थियो। घटनास्थलमा पशु प्रेमी संगठन र पुलिस पुगेका थिए भने नालीबाट १० वटा कुकुरको शव फेला परेको थियो भने अझै ४ वटा कुकुर बेपत्ता छन्।

उद्धार गरिएका कुकुरको शव पोष्टमार्टमका लागि भेटेरिनरी अस्पतालमा राखिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ। उक्त क्षेत्रको बहुतले भवन मुनि घुम्ने कुकुरहरुलाई धेरैले मन नपराएको र सो घटना भएको स्थानीयले गुनासो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement