जलपाईगुडी: अन्तर्राष्ट्रिय चेस प्रतियोगिता आगामी डिसेम्बर २७ देखि जलपाईगुडीमा आयोजना हुँदैछ। यस खेलमा बंगलादेश, नेपाल, भुटान, श्रीलंका, अष्ट्रेलिया, दक्षिण अफ्रिकाका प्रतियोगीहरुको सहभागिता रहनेछ । यो प्रतियोगिता जलपाईगुडी चेस एकेडेमीको पहलमा र अर्जुन अवार्डी ग्रान्ड मास्टर दिव्यन्दु बडुआ फ्यान क्लबको निर्देशनमा आयोजना भइरहेको छ।

यस अवसरमा आइतबार बिहान जलपाईगुडी शहरमा जलपाईगुडी जिल्ला चेस एकेडेमीले र्यालीको आयोजना गरेको थियो। यो प्रतियोगिता डिसेम्बर ३१ सम्म चल्नेछ।








