सन्त जेभियर्स स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

Screenshot_20231126_150215_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): चालसा मंगलबाडी बस्तीमा विगत २०१३ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एक नाम हो सन्त जेभियर्स स्कुल। मंगलबाडी तथा वरिपरिका क्षेत्रमा शिक्षादान गर्दै आइरहेको सन्त। जेभियर्स स्कुल एक निजि विद्यालय हो। प्रतिवर्ष नै यस विद्यालयले वषको अन्तमा आफ्ना विद्यार्थी नानीहरुलाई लिएर कार्यक्रम समपन्न गर्ने गरेको छ।यसवर्ष आफ्नो विद्यालयका चार सदनमाझमा विभिन्न प्रकारका खेलहरु समावेस गरेर वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका नानीहरुले परेड, ड्रिल, नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न किसिमका खेलहरुमा नानीहरुले अंश ग्रहण पनि गरेका थिए। यसरी वार्षिक कार्यक्रम गरिनुको औचित्यबारे प्रधानअध्यापिका भावना थापा एवम् निर्देशक प्रेम छिरिङ लेप्चाले नानीहरुको बौद्धिकमात्र नभई शारिरिक रुपमा पनि विकसित हुन तथा नानीहरुलाई वषको अन्तमा मनोरञ्जन प्राप्त होस भन्ने ध्येयले यस्तो कार्यक्रम गरिएको बताए।

यस अन्तर सदन प्रतिस्पर्धात्मक खेलमा प्रथम ,द्वितिय तथा तृतिय हुने विद्यार्थीगणलाई उपस्थित अतिथीगण, प्रधान अध्यापिका तथा निर्देशकको बाहुलीबाट पारितोषिक पनि वितरण गरियो।प्रधान अध्यापिका भावना थापाले सबै विद्यार्थीगण, अभिभावकगण तथा अतिथीहरुलाई धन्यबाद टक्याएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement