मुख्यमन्त्री तामाङकाे अस्पतालबाट छुट्टी

n559833674170099023154473db963b4a0a3fa514c343f437f31aa1cdc1999fc3a4ce088462c45cf2130531.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अस्पतालबाट छुट्टी पाएका छन्। हिजो, शनिवार अचानक असहज महसूस गरेपछि मुख्यमन्त्रीलाई सिलगढ़ीको स्थानीय एउटा निजी नर्सिङ होममा भर्ती गरिएको थियो।

आज बिहान मुख्यमन्त्रीलाई अस्पतालबाट छुट्टी दिइएको थाहा लागेको छ।

मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेतले मुख्यमन्त्रीको स्वास्थ्यमा अलि सुधार आएपछि अस्पतालबाट छुट्टी दिइएको आज बिहान हिन्दुस्थान समाचारलाई फोनमा भएको कुराकानीमा जानकारी गराए। मुख्यमन्त्रीले चॉंड़ै नै आफ्नो जिम्मेवारी पुनः समहाल्ने पनि उनले बताए।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो मिरिकमा परमपावन बोकार रिम्पोछेलाई भेट्न गएका थिए। यस क्रममा अचानक असहज महसूस गरेपछि उनलाई सिलगढ़ीको एउटा अस्पतालमा भर्ती गरिएको थियो। मुख्यमन्त्रीले सामान्य सर्जरीको निम्ति आफु भर्ती हुनु परेको आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement